काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले संघियतालाई बोझिलो नभएर ओझिलो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस प्रथम नागार्जुन नगर सम्मेलनको अवसरमा बोल्दै सभापति बानियाँले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


फरक प्रशंगमा सभापति बानियाँले शान्तिप्रक्रियाका अधुरा कामहरु अगाडि नबढाएपछि माओवादी केन्द्रले एमालेको साथ छाड्न परेको टिप्पणी गरे । सभापति बानियाँले केपी शर्मा ओलीले विभिन्न तरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई समाप्त गर्न खोजको आरोप पनि लगाए ।


ADVERTISEMENT

# # #


कांग्रेस बाग्मती प्रदेशका संदसीय दलका नेता समेत रहेका बानियाँले माओवादीले शान्तिप्रक्रिया कांग्रेससँग गरेको हुनाले यसलाई निष्कर्षमा पुर्याउन कांग्रेससँगै गठबन्धन गर्न आएको तर्क गरे । यसलाई विस्तार गर्दै सभापति बानियाँले भने  ‘कांग्रेसले सबैलाई मिलाएर लैजानपर्छ ।’

संघियता सबै वर्गको पहिचान हो भन्दै उनले संघियता सबै वर्गको समुदायको भएकोसमेत स्पष्ट पारे । संघियतालाई बोझिलो नभइ ओझिलो बनाउनपर्ने उनको भनाइ थियो । संविधान संशोधन गरेर समानुपातिक उम्मेदवार खारेज गर्नुपर्ने पक्षमासमेत आफू रहेको  उनले बताए ।