काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सबै तहमा डेंगीको परीक्षण र प्रारम्भिक उपचारको आवश्यक व्यवस्था गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंको बानेश्वरस्थित रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा नेता सिंहले वडामै डेंगी परीक्षण व्यवस्था मिलाउनुपर्ने बताएका हुन् । नेता सिंहले आपत्तको समयमा सबै मिलेर काम गर्नुपर्ने र यसलाई समाजले लेखाजोखा गर्नुपर्ने धारणा राखे । पैसा कमाउन जनप्रतिनिधि नबनेको भन्दै उनले पदमा बसेर लाभ लिने काम गर्न नहुने जिकिर गरे ।


ADVERTISEMENT

# # #


नेता सिंहले राम्रो गर्न चाहनेहरुलाई जनताले मौका दिनुपर्ने बताए । उनले युवाहरुलाई स्वरोगजार बनाउनका लागि कांग्रेसको ध्यान केन्द्रीत हुने पनि बताए ।