काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा परिषद्को भदौ १७ को सिफारिस र मन्त्रिपरिषद्को भदौ २७ गतेको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहसहितको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा २ अनुसार आइतबार उक्त स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरुबीच एकीकृत र समन्वयात्मक सुरक्षा प्रदान गर्नका लागि सेनाको प्रयोग गर्न उक्त स्वीकृति दिइएको हो ।

राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुन् । सेनाको परिचालन गर्दा राष्ट्रपतिको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।