काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भइरहेको बताएका छन् ।


ADVERTISEMENT


नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले कुनै जिम्मेवारी नै नलिएर उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भएको र संघीय लोकतान्त्रीक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृति देखिएको बताएका हुन् । उनले लोकतन्त्रीको बिकासका लागि बिशेष ध्यान दिनुपर्ने र संघीयतालाई बलियो पार्नुपर्ने अहिलेको आश्यकता रहकेो धारणा राखे ।


ADVERTISEMENT

# # #


संघियतालाई बलियो बनाउन संविधान बनाउने क्रममा पनि त्रुटी रहेको र अहिले ठीक ढंगले कानून नवनाउदा ठिक ढंगले काम गर्न नसकेको उनले बताए । उनले मुलुकको द्रुततर विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता रहेको र यसमार्फत गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न काम गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले सार्वजनिक नीतिले राष्ट्रियहितको संरक्षण र सम्वद्र्धन गर्नका लागि प्रतिष्ठान क्रियाशिल रहेको धारणा राखे ।