काठमाडौँ – नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार २ सय ६ पीसीआर परीक्षणका क्रममा ४० जना र १ हजार ८ सय १८ एन्टीजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको पनि मृत्य भएको छैन ।


ADVERTISEMENT

# # #


त्यस्तै थप एक सय जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३ सय ३५ जना निको भएका छन् । हाल नेपालमा १ हजार २ सय २३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।