काठमाडौं-सर्वोच्च अदालतले अस्पतालहरूले बिरामीसँग लिने गरेको करका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली तथा न्यायाधीशहरू दीपकराज जोशी, चोलेन्द्रशमशेर जबरा, ओमप्रकाश मिश्र र दीपककुमार कार्कीकोसंवैधानिक इजलासलेनिजी अस्पतालहरूले बिरामीबाट लिनेगरेको मूल्य अभिवृद्धि कर (भ्याट) र स्वास्थ्य सेवा करका बारेमा सरकारसँग कारण माग गरेको हो।


ADVERTISEMENT

# # #


अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनासहितले गत साउन १६ मा अस्पतालहरूले उपचारबापत बिरामीबाट कर लिनेव्यवस्था संविधानको मौलिक हकविपरीत रहेकाले खारजे गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

रिटमा सुनुवाई गर्दै सर्वोच्चले१५ दिनभित्र कारण पेस गर्न सरकारलाई आदेश दिएकोछ ।