काठमाडौं – साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । माल्दिभ्सको मालेमा आइतवार राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो ।


ADVERTISEMENT


अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो । प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलंका र भुटान सहभगी छन् । नेपालले आफ्नो दोस्रो खेल असोज ११ गते श्रीलंकासँग खेल्नेछ ।


ADVERTISEMENT

# # #


राउन्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग असोज १२ गते खेल्नेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।