भरतपुर – नेपाल प्रहरी शिक्षालय भरतपुरमा आईजीपी धिरज प्रताप सिंहको प्रमुख आतिथ्यतामा प्रहरी सहायक निरीक्षकको दीक्षान्त समारोह सम्पन्न भएको छ ।


ADVERTISEMENT


आइतबार २०७८ असोज १३ गतेदेखि सञ्चालित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७७ औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


समारोहका प्रमुख अतिथि  महानिरीक्षक सिंहले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरूलाई पुरस्कार वितरण गर्दै दीक्षान्त निर्देशनसमेत  दिए ।

महानिरीक्षक सिंहले प्रशिक्षार्थीहरुलाई  कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएका जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको नेपाल प्रहरी जस्तो गौरवमय संगठनको सदस्य बन्न पाउनु आफैंमा सम्मानको विषय भएको बताए । उनले नव-प्रवेशी प्रहरी अधिकृतहरूलाई प्रहरी सेवालाई पेशाको रूपमा मात्र नभई राष्ट्र र नागरिक सेवामा समर्पित हुन निर्देशनसमेत दिए ।

महानिरीक्षक सिंहले दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूले लिएको शपथ ग्रहण अनैतिक कार्य र गैरव्यावसायिक आचरण विरुद्धको प्रतिवद्धता भएकोले यसलाई जीवन पर्यन्त अक्षुण्ण राख्न समेत निर्देशन दिए ।

उनले कार्यक्षेत्रमा रहेका चुनौतीहरूलाई परिणाम दिनसक्ने गरी शिक्षालयले नव-प्रवेशी अधिकृतहरूलाई प्रशिक्षित गरेको कुरामा आफू विश्वस्त रहेको बताए ।

महानिरीक्षक सिंह कठिन परिस्थितिमा विचलित नभई अवाञ्छित गतिविधि, गैरकानुनी क्रियाकलापहरूलाई निर्ममतापूर्वक नियन्त्रण र निस्तेज गरी कानुनी राजको प्रवर्द्धन गर्न दृढ संकल्पित भई पूर्ण कार्यान्वयन गर्न निर्देशन दिए ।

साथै उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन उच्च मनोवलका साथ लाग्न समेत निर्देशन दिए ।