काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिकान उड्डयन सङ्गठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


पर्यटनमन्त्रीको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहितको नेपाली प्रतिनिधिमण्डल क्यानाडा गएको हो ।


ADVERTISEMENT

# # #


क्यानडाको मड्रियल सहरमा मङ्गलबारदेखि सुरु हुने महासभामा एक सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् । सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउँनेछन् ।

मन्त्री श्रेष्ठल हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धिबारे पनि महासभालाई जानकारी गराउने पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आगामी अक्टोबर ७ सम्म चल्ने महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ ।

आइकाओको महासभामा सदस्य राष्ट्रको निर्वाचनका लागि मतदान हुनेछ । महाशाखामा एभिएशन क्षेत्रको सुधार, सुरक्षा रणनीतिलगायतका विषयमा छलफल हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल अक्टोबर ५ मा नेपाल फकिर्ने कार्यक्रम छ ।