काठमाडौँ – लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग ७६ जिल्लामा फैलिएको छ । काठमाडौँ उपत्यकामा आक्रामक रुप लिइरहेको डेंगुबाट पीडित हुनेको संख्या २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आजसम्म २५ हजार ५४३ जना सम्भावित डेंगु रोगी देखिएका छन् । जसअनुसार पछिल्लो २४ घण्टामा १ हजार ५१ जनामा डेंगु देखिएको हो । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



यस्तै हालसम्म डेंगुबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । डेंगुबाट सबैभन्दा धेरै बाग्मती प्रदेशमा पीडित भएका छन् । मन्त्रालयका अनुसार बाग्मतीमा हालसम्म १९ हजार ९१० जनाले डेंगुको सामना गर्नुपरेको छ । यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । जहाँ हालसम्म २३१ जनामा मात्रै डेंगु देखिएको छ ।

डेंगु नियन्त्रण र रोकथामका लागि ईपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत १३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।