काठमाडौँ – हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा विक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।


ADVERTISEMENT


असोज ९ गते (आइतबार) कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा विक्रि सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौँमा रजिष्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको पुँजी १ अर्ब ६० करोड रुपैयाँको प्रति शेयर अंकित १ सय रुपैयाँका दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ र १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।