काठमाडौं-प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका १६३ पूर्वसांसदमध्ये ९७ जनाले यो चुनावमा हार बेहोरेका छन् । चुनावमा पराजित हुनेमा अधिकांश नेपाली काँंग्रेसका पूर्वसांसद छन् ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का भने थोरैमात्र सांसद पराजित भएका छन् । संविधान निर्माणपछि संविधान कार्यान्वयन र आर्थिक विकासका ‘एजेन्डा’ बोकेर जनताको घरदैलोमा पुग्नुभएका थोरैमात्र सांसद परीक्षणमा सफल भएका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभा रोजेका धेरै पूर्वसांसदले जित हासिल गरेका छन् । स्याङ्जामा प्रदेशतर्फ उम्मेदवारी दिएका काँग्रेसका कमलप्रसाद पङ्गेनी भने पराजित भएका छन् । अन्य क्षेत्रमा प्रदेशसभामा उम्मेदवारी दिएका अधिकांश सांसद विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


निर्वाचनमा होमिएका सांसदमध्ये केही बहालवाला मन्त्रीसमेत थिए । बहालवाला मन्त्रीसमेत रहेका पूर्वसांसद मोहनबहादुर बस्नेत, यज्ञबहादुर थापा, उदयशमशेर राणा, नरबहादुर चन्द, अम्बिका बस्नेतलगायत पराजित भए । यस्तै सिरहाबाट अजयशङ्कर नायक, नुवाकोटबाट अर्जुननरसिंह केसी र रामशरण महत पराजित भए ।

यस्तै पर्वतबाट तीनपटकसम्म लगातार जितेका अर्जुन जोशी पनि पराजित भए । पर्साबाट अनिल रुगटा, भक्तपुरबाट अनुराधा थापामगर पनि पराजित भए । अमरसिंह पुन, अमृतकुमार अर्याल, अशोककुमार राई पनि पराजित भए । राई सुनसरी १ बाट दोब्बर मतान्तरसहित पराजित भएका छन् ।

आनन्दप्रसाद ढुङ्गाना, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, उमेशकुमार यादव ऋषिकेश पोखरेल, कमल थापा, किरण यादव, केशव थापा, कृष्णप्रसाद सिटौला पनि पराजित भए । सिटौला झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । यस्तै बहालवाला मन्त्री गोपाल दहित पनि बर्दियाबाट पराजित भएका छन् ।

बहालवाला उपप्रधानमन्त्रीसमेत रहनुभएका पूर्वसांसद गोपालमान श्रेष्ठ स्याङ्जाबाट पराजित भएका छन् । यस्तै पूर्व स्वतन्त्र सांसद चन्द्रेश्वर झा, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, चम्पादेवी खड्का पनि पराजित भए ।  काँग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका चिनकाजी श्रेष्ठ गोरखाबाट पराजित भए । एमाले सांसद जनार्दन ढकाल रसुवाबाट पराजित भएका छन् । पूर्वसांसदहरू जङ्गीलाल राय, टेकबहादुर गुरुङ, डिगबहादुर लिम्बू, तीर्थबहादुर लामा, दीपक खड्का, दीपकप्रसाद कुइँकेल, दीपक बोहोरा पनि पराजित भएका छन् । बोहोरा बहालवाला मन्त्री पनि रहेका छन् ।

राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती, बहालवाला राज्यमन्त्री दिलमान पाख्रिन, सांसद दिवानसिंह विष्ट, दीपक गिरी, देवकरणप्रसाद कलवार, ध्यानगोविन्द रञ्जित, नरबहादुर चन्दले पनि जनमत पाउन सकेनन् ।  नरेन्द्र साह कलवार, नवीन्द्रराज जोशी नारायणप्रकाश साउद, नारायणबहादुर कार्की, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, बलबहादुर केसी र वामदेव गौतम पनि पराजित भएका छन् । गौतम एमालेबाट पराजित हुने एकमात्र शीर्ष नेता हुन् । उनी बर्दियाबाट बहालवाला मन्त्री सञ्जय गौतमसँग पराजित भएका हुन् ।

बहालवाला मन्त्री विक्रम पाण्डे पनि पराजित भएका छन् । यस्तै एमालेका वंशीधर मिश्र पनि पराजित भए । संसद्को उपभोक्ता समिति सभापति भीष्मराज आङदेम्बे पनि पराजित भएका छन् । पूर्वसांसदहरू मदनकुमारी शाह, मदनबहादुर अमात्य, महालक्ष्मी उपाध्याय, महेन्द्र यादव, महेश आचार्य पनि पराजित भएका छन् ।  चुनावको मुखैमा एमाले छाडेर काँग्रेस प्रवेश गरेका तत्कालीन सुशासन समिति सभापति मोहनसिंह राठौर पनि यसअघिका आफ्नो स्वकीय सचिव झपट रावलसँग पराजित भएका छन् । यस्तै पूर्वसांसद मञ्जु चौधरी, यज्ञबहादुर थापा, रमेश लेखक पनि पराजित भए । थापा बहालवाला मन्त्री र लेखक पूर्वमन्त्रीसमेत रहेका छन् ।

पर्साबाट यसअघि निर्वाचित एमाले सांसद राजकुमार गुप्ता र मन्त्रिपरिषद्द्वारा मनोनीत पूर्वसांसद डा. राजन भट्टराई पनि पराजित भए । काँंग्रेसका तत्कालीन सांसद राजीवविक्रम शाह, राजु खनाल, राजु थापा, राधेचन्द्र यादव, रामकृष्ण यादव, रामचन्द्र पौडेल पनि पराजित भएका छन् । पराजयसँगै काँग्रेस वरिष्ठ नेता पौडेलको निरन्तरको जितको यात्रामा पनि ब्रेक लागेको छ ।

यस्तै पूर्वसांसदहरू रामचन्द्र यादव, रामदयाल मण्डल, रामशरण महत, रामहरि खतिवडा, रोमी गौचन थकाली, डिल्लीप्रसाद काफ्ले, विक्रमबहादुर थापा, विचारीप्रसाद यादव, विमलेन्द्र निधि, शम्भुलाल श्रेष्ठ, सुशीला चौधरीले पनि जनताको परीक्षणमा पास गर्न सकेनन् ।

काँंग्रेस नेता तथा पूर्वसांसद शेखर कोइराला पनि पराजित भए । पूर्वसांसद शेषनाथ अधिकारी, शङ्कर भण्डारी, सरस्वती बजिमय, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुनीलबहादुर थापा, सुरेन्द्रप्रसाद चौधरी, सुरेन्द्रराज आचार्य, हरिचरण साह पनि पराजित भए । यस्तै यसअघि पाल्पाबाट निर्वाचित हरिप्रसाद नेपाल, सुर्खेतबाट निर्वाचित हृदयराम थानी र पूर्वसांसद हरेशप्रसाद महतो पनि पराजित भएका छन् ।