काठमाडौँ – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले मुलुकको विकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार सिन्धुपाल्चाकको वलेफी–८ जुरे, ड्यामसाईड स्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम् भवन निर्माण शिलान्यास गर्दै नेता बस्नेतले मुलुकमा प्राकृतिक बिपत्तिपछि जनतामाझ जाने पार्टी कांग्रेस नै भएको र बिकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेता बस्नेतले सिन्धुपाल्चोकमा भएको पटक पटकको विपत्तिमा पनि कांग्रेस नै अघि बढेर जनताका साथमा काम गरेको जिकिर गरे । यसअघि कांग्रेस खोज्नुपर्ने सिन्धुपाल्चोकमा अहिले कांग्रेस नै एक नंवरको पार्टी भएको उनको दाबी छ । नेता बस्नेतले यसपटकको निर्वाचनमा पनि कांग्रेसले सानदार विजयी हासिल गर्ने भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै उनले पुस्तकालय भवन निर्माणका लागि कुनै कमि हुन नदिने धारणा राखे ।