काठमाडौँ – नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजनाबाट ग्राहक लाभान्वित बन्दै गएका छन् ।


ADVERTISEMENT


योजना सार्वजनिक भएको एक महिना पनि नपुग्दै विराटनगरका मुरारी पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि दश लाख नगद पुरस्कार जित्न सफल भएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै जनकपुरका राज देव मुखियाले आरएन अटोमोबाइलस बाट टीभीएस रेडर खरिद गर्दा १०० % क्यासब्याक पाउन सफल भएका छन् । यसैगरी धापासी निवासी भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रा लि बाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाएका छन् । कम्पनीका अनुसार हाल सम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्रहाकहरुले लाखौंकोनगद उपहार पाएका छन् ।

‘कायापलट’ योजना अन्तर्गत ग्राहकले टिभिएसकोमोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियल्मी सी३० स्मार्टफोन प्रदान गरिन्छ ।

साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रु ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्ने बताइएको छ ।

यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदैआएको छ । जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।