काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।


ADVERTISEMENT


नेता सिंहले मंगलबार ललितपुरको इमाडोलस्थीत किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । नेता सिंहले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे । सो क्रममा जोशीले आफ्नो अन्तिम इच्छा ‘चक्रसंवर’ को पौभाः चित्र सरकारलाई प्रदान गर्ने रहेकोमा यसलाई बनाउनका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गरेको नेता सिंहले बताए ।


ADVERTISEMENT

# # #


शताब्दी पुरुष जोशी डेंगी संक्रमणका कारण किष्ट अस्पतालमा उपचाररत छन् ।