काठमाडौँ – गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।


ADVERTISEMENT


नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौंको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो । यस्तै नवौं राष्ट्रिय खेलकुदको समापन कार्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ । नवौंको उद्घाटन र समापन पोखरास्थित पोखरा रंगशालामा हुने तालिका रहेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै खेलाडी, व्यवस्थापक, प्रशिक्षकलाई कोटा अनुसार खेल पोशाक लगाएतका सुविधा उपलव्ध गराइएको बताइएको छ । कार्यक्रममा राखेपका सदस्य सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रतियोगीतापछि क्लोज क्याम्पमा राख्ने र अन्य अन्तराष्ट्रिय प्रतियोगीताहरुमा अवसर प्रदान गर्ने बताए । उनले खेल सम्पन्न गर्नका लागि सरकार लगाएत सवैबाट सहयोग प्राप्त भएको र यसअघि भन्दा उत्कृष्ठ ढंगले प्रतियोगिता सञ्चालन गर्ने धारणा राखे ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भईसकेको छ । नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् ।