काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरु चुकेका कारण जनतामा निराशा छाएको भन्दै अब भने गम्भीर भएर देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रीत हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गरेर नै मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखे । हिजो गरेका त्यागको कुरा मात्रै गरेर आज केही नगर्ने प्रवृतिलाई पनि निरुहात्सित गर्नुपर्ने उनको भनाई छ । त्यस्तै उनले मुलुकको विकासका लागि प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।