रामचन्द्र पाण्डे, काठमाडौँ – नेपाली क्रिकेट इतिहासमा यू १६ टोलीले इतिहास रचेको छ । थाइल्याण्डमा जारी एसीसी यू १६ पूर्वी क्षेत्र छनोटमा नेपालले म्यानमारविरुद्धको खेलमा इतिहास रचेको हो ।


ADVERTISEMENT


३५ ओभरको खेलमा नेपाली क्रिकेट इतिहासमै सबैभन्दा बढी टार्गेट दिएर यू १६ टिमले इतिहास रचेको हो । थाइल्याण्डको ट्रेड थाई क्रिकट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै ३५० रनको विशाल योगफल तयार पारेको हो । नेपाली टिमको ब्याटिङ आज प्रशंसनीय थियो ।


ADVERTISEMENT

# # #


कप्तान रित गौतमको शतकसंगै नेपालले विशाल स्कोर बनाएको हो । ७८ बलको सामना गरेका रितले १०६ रन बनाउँदै नटआउट रहे । उनले उपकप्तान विशाल विक्रम केसीसंग तस्रो विकेटका लागि ४४ बलमा ६९ रनेको साझेदारी गरेर नेपालको स्कोर १५.५ ओभरमा १३६/३ को अवस्थामा पुर्याए । त्यस्तै त्यस्तै तृतराज दाससंग चौथो विकेटका लागि ५३ बलमा ९९ रनको साझेदारी गरे । नारायण जोशीसंग ४ बलमा ३ रनको साझेदारी गरेका उनले प्रतीस जीसीसंग ६१ बलमा नटआउट ११२ रनको उत्कृष्ट साझेदारी गरे ।

यस्तै कुशल मल्लले ३६ रन बनाउँदा २३ बलको सामना गरेर ३ चौका र ३ छक्का प्रहार गरे ।  यस्तै कुशल मल्लले ३६ रन बनाउँदा २३ बलको सामना गरेर ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै सुवाश ऐर १७ रनमा आउट हुँदा विशालविक्रम केसी ३२ बल खेल्दै ४२ रनमा आउट भए । आक्रमक ब्याटिङ गरेका तृतराज दासले २९ बलमा ६४ रनबनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

नारायण जोशी र अमित कुमार यादव शुन्य रनमा आउट भए ।  नारायण जोशी र अमित कुमार यादव शुन्य रनमा आउट भए । आठौँ नम्बरमा मैदान प्रवेश गरेका प्रतिश जीसीले कप्तान गौतमसंग ६१ बलमा नटआउट ११२ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपालको स्कोर धेरै माथि पुग्यो । उनले व्यक्तिगत रुपमा ३१ बलको सामना गरेर ६३ रन बनाएर नटआउट रहे । उनले १० चौका र १ छक्का प्रहार गरे । नेपालको आजको इनिङमा ४० चौका ७ छक्का प्रहार भए भने २ वटा अर्धशतक र एउटा शतक पूरा भए ।

यता म्यानमारका बलरलाई नेपाली ब्याट्सम्यानले खुलेर खेल्न दिएनन् । म्यानमारका लागि हेनहेट युङले ३ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले ७० रन खर्चिए । यस्तै फ्यो जिन ओ, कउ विन हेट र ए थिहा मोइको नाममा समान ११ विकेट रह्यो ।

म्यानमारले केही बेरमा जवाफी ब्याटिङ थाल्दैछ ।