काठमाडौं –  भुजुङ हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५८५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।


ADVERTISEMENT


उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक  खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत  पुष्प शर्माले हस्ताक्षर गरे।


ADVERTISEMENT

# # #


हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. ५० करोड रूपैयाँ, जारी पूँजी रु. ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी रु. ३२.७२५ करोड रूपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट (ग्ःज्एए) विकास गरिरहेको छ । आयोजनाको कुल लागत  ३९ करोड रहेको छ भने कम्पनीले आयोजनाको कुल लागतको १५% अर्थात  ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।