काठमाडौं- ह्याम्स अस्पतालले ‘विश्व मुटु दिवस–२०२२’ को अवसर पारेर जनचेतनामूलक र्याली सम्पन्न गरेको छ ।
काठमाडौंको धुम्बाराहीमा रहेको अस्पतालले सो अवसरमा बिहिवार जनचेतनामूलक र्याली सम्पन्न गरेको हो ।
मुटु रोगबारे जनमानसमा जनचेतना जगाउने उद्देश्यले अस्पतालबाट शुरु गरिएको सो कार्यक्रम धुम्बाराही हुदैँ नारायण गोपाल चोक पुगेर समाप्त भएको थियो । र्यालीमा ‘युज हार्ट फोर एभ्री हार्ट’ अर्थात्, ‘प्रत्येक मुटुको लागि मुटुको प्रयोग गरौँ’ भन्ने प्रमुख नारासहित अन्य जनचेतानामुलक सन्देशको प्लेकार्डसमेत प्रर्दशन गरिएका थिए ।
समारोहमा अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, तथा स्थानिय प्रहरी प्रतिनिधि लगायतले सहभागिता जनाएका थिए । ।