काठमाडौँ– काठमाडौँ महानगर प्रमुख बालेन साहले चाडपर्व विशेषो आधारमा फुटपाथ व्यापारीहरु माथि लचिलो बन्न नसक्ने बताएका छन् । बिहिवार सामाजिक सञ्जालमा एक लामो पोष्ट गर्दै उनले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने प्रष्ट पारेका छन् ।


ADVERTISEMENT


‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ। यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो,’ साहले लेखेका छन्, ‘यो कायम छ। यसैगरी सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउनेजस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौं।’


ADVERTISEMENT

# # #


उनले महानगरको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीतिमा नै ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनुका साथै फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको जानकारी समेत दिएका छन् ।

यस्तै, पर्वका समयमा पैदल यात्रीका लागि फुटपाथ अझ बढी आवश्यक पर्ने भएकाले पैदल यात्रीको सडक किनारामा निर्वाध हिँड्न पाउने अधिकार स्थापित गराउन महानगरले आफ्ना कार्यक्रम दिर्घकालीन रुपमा सञ्चालन गर्ने बताउदैँ साहले भनेका छन्, ‘निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।’