भद्रपुर– मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ हजार ९ सय ८६ मत खसेकामा पाँच हजार ५ सय ०३ मत बदर , निर्वाचन क्षेत्र नं २ मा ८४ हजार ६ सय ४९ मत खसेकामा पाँच हजार १९ मत बदर, निर्वाचन क्षेत्र नं ३ मा ८३ हजार ९३ मत खसेकामा आठ हजार १ सय २५ मत बदर, निर्वाचन क्षेत्र नं ४ मा ७७ हजार २ सय १५ मत खसेकामा छ हजार १ सय २५ मत बदर र निर्वाचन क्षेत्र नं ५ मा ९६ हजार मत खसेकामा ६ हजार ४८० मत बदर भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ को ‘क’ मा समानुपातिकतर्फ ४५ हजार ३५८ मत खसेकामा चार हजार ५ सय ५५ र ‘ख’मा ३० हजार ६२८ मत खसेकामा तीन हजार ३ सय ३२ मत बदर, निर्वाचन क्षेत्र नं २ को ‘क’ मा ३६ हजार ६ सय ३६ मत खसेकामा तीन हजार १ सय ७४ र ‘ख’ मा ४८ हजार १३ मत खसेकामा चार हजार ५ सय ७५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी प्रेम न्यौपानेले बताए ।

यसैगरी, निर्वाचन क्षेत्र नं ३ को ‘क’ मा ४२ हजार २ सय ३९ मत खसेकामा हजार २ सय ०३ र ‘ख’ मा ४० हजार ८ सय ५४ मत खसेकामा पाँच हजार ३ सय ११ मत बदर, निर्वाचन क्षेत्र नं ४ को ‘क’ मा ३३ हजार ५७ मत खसेकामा तीन हजार ८ सय ७४ र ‘ख’ मा ४४ हजार १ सय ५८ मत खसेकामा पाँच हजार १ सय ४४ मत बदर भएको थियो भने निर्वाचन क्षेत्र नं ५ को ‘क’ मा ४७ हजार ४ सय १३ मत खसेकामा पाँच हजार ५ सय २४ मत र ‘ख’ मा ४८ हजार ६ सय ३१ मत खसेकामा तीन हजार ९ य ८३ मत बदर भएको कर्मचारी न्यौपानेले जानकारी दिए ।

प्राप्त जानकारीअनुसार प्रतिनिधिसभाको समानुपातिक तथा प्रदेशसभाको समानुपातिकमा कूल चार लाख १६ हजार ९ सय ८७ ९७१।२६० प्रतिशत मत खसे पनि प्रतिनिधिसभातर्फ समानुपातिकमा ३१ हजार २ सय ५२ र प्रदेशसभातर्फ समानुपातिकमा ४५ हजार ६ सय ७५ मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी नभएको सम्बद्ध पदाधिकारीको भनाइ छ