काठमाडौं-भारतसँगको व्यापार सहजीकरणका लागि नेपाली उद्योगी व्यवसायीले भारतीय पक्षसंग आग्रह गरेका छन् ।


ADVERTISEMENT


भारतीय कस्टम विभाग, पटनाका कमिश्नर विनायक चन्द्र गुप्ताको संयोजकत्वमा गठित कस्टम क्लियरेन्स फेसिलिटेशन कमिटीको तेस्रो बैठकमा सहभागी उद्योगीहरुले यस्तो आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


वैठकमा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले व्यापार सहजीकरणका लागि ५ वटा बुँदाहरु पेश गर्दै सीमावर्ती बजार जोगबनीभन्दा ५ किलोमिटर परको मीरगन्ज पुल पूर्ण रुपमा मर्मत हुन नसक्दा आयात निर्यातमा समस्या भइरहेको उल्लेख गरेका थिए । सो पुल गत साउनको बाढीले क्षतिग्रस्त बनेको थियो ।

यसैगरी संघले भारतमा करको नयाँ रूप जीएसटी सिस्टम लागेपछि प्रक्रियामा आइरहेको समस्यामा ध्यानाकर्षण गराउँदै यसलाई सहज बनाउन आग्रह गरेको छ ।

भारतीय अधिकारीहरुले नेपाली उद्योगी–व्यवसायीको आग्रहलाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै सारडाले समस्या सुल्झाउन प्रतिवद्धता जनाएको बताए ।