काठमाडौं-राजधानी उपत्यकामा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी आयोजना निर्माण, भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणलगायत भौतिक पूर्वाधार निर्माणसम्बन्धी काम अत्यन्तै सुस्त र अव्यवस्थित देखिन्छ ।


ADVERTISEMENT


निर्माण कार्यको हेलचेक्रयाइँका कारण सहरै प्रदूषित बनेको छ भने आवागमन जोखिमपूर्ण भएको छ, राजधानी उपत्यकाको शोभा पनि गुमेको छ ।


ADVERTISEMENT

# # #


नीति बनाउने, काम जिम्मा दिने, अनुगमन–नियमन गर्ने व्यक्ति तथा निकायका आँखा दिनहुँ परिरहने ठाउँमै यस्तो उदासीनता उदेकलाग्दो छ । स्थानीय सरकारले समेत आफ्नो क्षेत्राधिकारमा पर्ने निर्माणसम्बन्धी काममा सुधारको प्रत्याभूति उपत्यकावासीलाई गराउन सकेको छैन ।

अहिले सडक, खानेपानी, ढल, विद्युत्, टेलिफोन व्यवस्थापन, निर्माण र मर्मतमा काम गरिरहेका निकायबीच समन्वय र सहकार्यको खाँचो छ । निर्माण कम्पनी छनोट निष्पक्ष र पारदर्शी हुनुपर्छ । काम अघि बढेपछि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुनुपर्छ ।

निर्धारित मापदण्ड र समयमा काम पूरा गर्न नसक्ने कम्पनीलाई कारबाही गर्न सक्नुपर्छ । स्थानीय तहहरूले पनि जनप्रतिनिधि बहालको प्रत्याभूति आफ्नो क्षेत्राधिकारमा पर्ने काममार्फत दिलाउनुपर्छ ।