मनहरी– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले सत्तागठबन्धनको उम्मेदवारी संविधानको रक्षाका लागि रहेको बताएका छन् ।


ADVERTISEMENT


सभापति बानियाँले सोमबार मनहरी गाउँपालिका–६ सुनाचुरीमा आयोजित कांग्रेसको वडास्तरीय भेला तथा चुनावी छलफल कार्यक्रममा बोल्दै आफ्नो सो धारणा व्यउक्त गरेका हुन् । सत्तागठबन्धनको उम्मेदवारबाट संविधान सक्षा निश्चित भएको भन्दै उनले सत्तागठबन्धनका उम्मेदवारालार्य जिताउन समेत अपिल गरेका छन् ।


ADVERTISEMENT

# # #


संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सत्तागठबन्धनले जित्नुपर्ने बताएका छन् । अघिल्लो पटक पनि मनहरी क्षेत्रमा कांग्रेसले जितेको भन्दै उनले कांग्रेसका जनप्रतिनिधिले विकास निर्माणका काम गरेको दाबी समेत गरे ।

यस्तै, प्रदेश सरकारमा साँढे ३ वर्ष केपी ओली निकट कम्युनिष्ट शासनकालमा केही गर्न नसकेको उनको आरोप छ । बानियाँ प्रदेश सभातर्फ मकवानपुर– २ ‘२’ का उम्मेदवार हुन् ।