काठमाडौँ– नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ को ट्रेलर सार्वजनिक भएको छ । सो ट्रेलर सोमबार सार्वजनिक भएको हो ।


ADVERTISEMENT


उक्त भिडियोमा सगरमाथा क्षेत्रको मनमोहक भिडियो समेटिएको छ । कार्तिक २५ मा रिलिज हुन भनिएको सो फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भुमिका रहेको छ ।


ADVERTISEMENT

# # #


चलचित्रमा सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा समेटिएको बताइएको छ ।