अबुजा– नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले सोमबार जनाएको छ ।


ADVERTISEMENT


घटना आइतबार अबेर राति भएको हो । अज्ञात बन्दुकधारीहरुको समूहले केन्द्रीय राज्य कोगीको फेले क्षेत्रको सेलेस्टियल चर्च अफ क्राइस्टमा एक कार्यक्रममा भाग लिइरहेका उपासकहरूलाई अन्धाधुन्ध गोली प्रहार गरेको प्रान्तीय राजधानी लोकोजामा राज्यका प्रहरी प्रवक्ता विलियम ओभिए–आयाले बताए ।


ADVERTISEMENT

# # #


दुई महिला उपासकहरू पहिले नै मारिएका र अन्य धेरै घाइते भएका जनाइएको छ । प्रहरी पुगेपछि बन्दुकधारीहरु फरार भएका थिए । आक्रमणकारीको खोजी भइरहेको र मृतकहरुलाई शव गृहमा राखिएको र घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएका छन् । अहिलेसम्म आक्रमणकारीहरु पक्राउ परेको घोषणा गरिएको छैन ।