पोखरा – नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष म्याराथनको उपाधि गण्डकी प्रदेशका अनिश थापा मगरले जितेका छन् । भारतीय सेनामा कार्यरत अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै गण्डकीलाई स्वर्ण दिलाए । नेपाली भूमीमा म्याराथनमा अनिशको पहिलो स्वर्ण हो ।


ADVERTISEMENT


त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत हात पारे । कृष्णले २ घण्टा २३ मिनेट र १४ सेकेन्ड समय खर्चिए । यता नेपाल एपीएफ क्लबका सन्तोष विक्रम विष्टले कास्य जिते । सन्तोषले २ घण्टा ३० मिनेट र ५४ सेकेन्डमा दौडिदै कास्य जितेका हुन् ।


ADVERTISEMENT

# # #