काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग कुराकानीका लागि १ लाख ७१ हजारभन्दा बढि जनसंख्या इच्छुक रहेको देखिएको छ । उनले सर्वसधारणसंग फोनवार्ता गर्ने भन्दै इच्छुकहरुले नाम तथा नम्बर टिपाउनका लागि सुचना जारी गरेका थिए ।


ADVERTISEMENT


यसका लागि उनले नाम दर्ताका लागि बिहिवार मध्यान्ह १२ बजेसम्मको समयसीमा तोकेका थिए । त्यसैअनुरुप हालसम्ममा कुल १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनले जानकारी दिए । यति धेरै जनसंख्या आफुसंग बोल्न इच्छुक रहेकोप्रति कृतज्ञता जनाउँदै ओलीले भनेका छन्, ‘ यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद ।’


ADVERTISEMENT

# # #


सहभागि संख्या धेरै भएकाले आज नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । बाँकीसंग भोली कुराकानी हुने उनले जनाए । ओलीले दर्ता गराएकासंग ४ कार्तिकमा बोल्नेछन् ।

ओलीसंग  सर्वसाधारणले सम्भवतः देशको वर्तमान अवस्था तथा समसामायिक राजनीतिक विषयवस्तु परक कुराकानी गर्ने अनुमान गरिएको छ ।