शर्मिला विश्वकर्मा, काठमाडौँ– “सबैका लागि दिगो र समतामुलक समाज उन्मुख रुपान्तरण” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवस सम्पन्न भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय अपाङ्ग महासंघ र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयुक्त आयोजनामा हिजो उक्त दिवस काठमाडौँमा मनाइएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम बहादुर थापाले संविधानमा समावेश गरिएका अपाङ्गताका सवालहरुलाई कार्यान्वयन गर्नुका साथै अपाङ्गता सम्बन्धी नीति नियमहरुलाई अपाङ्गता मैत्री बनाउने र कार्यान्वयनको लागि काम गर्ने कुरामा जोड दिए ।

यस्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुका लागि बनाइएका नीति नियमहरु कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्ने र उनीहरुको पहुँचयुक्त रोजगारीको सिर्जना गर्ने कार्यलाई अगाडि बढाउने बताए ।

उक्त कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्यायले अपाङ्गता भएका व्यक्तिहरुका लागि मन्त्रालयले काम गर्दै आएको र आगामी दिनमा पनि उनीहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।  दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश मन्त्रालयका उपसचिव केशब प्रसाद भट्टराईले पढेर सुनाए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको लागि आफ्नो कार्यस्थल अपाङ्गता मैत्री बनाएको भन्दै ललितपुरको लविङ महलका सञ्चालक र आर्दश सोल युवक माध्यमिक विद्यालयका प्रधानध्यापकलाई सम्मान गरिएको थियो ।

सो दिवसका अवसरमा काठमाडौँको कमलादी स्थित प्रज्ञा भवनबाट निकालिएको र्याली अन्नपूर्ण होटल, नारायणहिटी दरबार, लैनचौर हुँदै समाज कल्याण परिषदमा गएर कोण सभामा परिणत भएको थियो ।