काठमाडौँ– बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको केशमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई थप दुई दिनको समय दिएको छ ।


ADVERTISEMENT


यसअघि थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद थपेको हो ।


ADVERTISEMENT

# # #


लामिछानेमाथि गत भदौ २१ मा एक नाबालिगले जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । यद्यपि सन्दिपले आफुले बलात्कार गरेको कुरालाई नकार्दै आएका छन् ।