काठमाडौं – नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ ।


ADVERTISEMENT


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा यस्तो मागदाबी गरिएको हो । प्रहरी वृत्त गौशालाले जाहेरी परेको करिब डेढ महिनापछि आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथोचित क्षतिपूर्ति’ भराउन मागदाबी गरेको हो ।


ADVERTISEMENT

# # #


अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ । अब प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायरबारे निर्णय लिनेछ । बलात्कार अभियोगमा मुद्दा दायर भए लामिछानेको खेल जीवनको अध्याय नै अनिश्चित बन्नेछ ।

नेपाली टोलीका कप्तान मात्र होइन, लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल), बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर छोटो समयमै ‘ग्लोबल स्टार’ को छवि बनाएका थिए ।