काठमाडौँ – नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र भोलि सार्वजनिक गर्ने भएको छ ।


ADVERTISEMENT


घोषणापत्र भोलि (कार्तिक १२ गते) बिहान १०ः०० बजे पार्टी काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।


ADVERTISEMENT

# # #


काँग्रेसले पटकपटक घोषणापत्र सार्वजनिक गर्ने मिति सार्दै आएको छ ।

काँग्रेसले निर्वाचनका लागि यसपटक महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणा पत्र तयारी समिति बनाएको थियो । जहाँ काँग्रेसका नेताहरुसहित विभिन्नक्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरु समावेश थिए ।

यस्तै काँग्रेसले विभिन्न किसिमका सामाजिक सञ्जाल र अनलाइन प्रविधिमार्फत सर्वसाधारणबाट सुझाव समेत संकलन गरेको थियो ।