काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी भइरहेको बताएका छन् ।


ADVERTISEMENT


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट प्रतिनिधि र प्रदेश सभामा निर्वाचित प्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पूर्वसहमति अनुरुप एमाले र माओवादी केन्द्रको एकतालाई अन्तिम रुप दिने तयारी भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचन परिणामले मुलुकमा स्थायित्व, विकास र समृद्धिका लागि बढी जिम्मेवार हुनुपर्ने बोध गराएको भन्दै दाहालले नयाँ ऐतिहासिक युगको सुरुआत र अवसरको रुपमा टिप्पणी गरेका थिए ।

लामो संघर्षबाट जारी भएको संविधान कार्यान्वयन र कम्युनिस्ट आन्दोलनको उपलब्धी संस्थागत गर्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन कोसेढुंगा सावित भएको बताए ।

वाम गठवन्धनले प्राप्त गरेको मतका आधारमा पनि यसअघि विभिन्न चरणमा प्राप्त उपलब्धी संस्थागत गर्न थप सहयोग पुगेको अध्यक्ष दाहालको भनाई थियो ।