काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ३ जना कार्यकारी प्रमुखरसिईओ परिवर्तन भईसक्दा समेत १ लाख भन्दा वढी भूकम्प पीडितले अनुदानको पहिलो किस्ता अझै पाउन सकेका छैनन् ।


ADVERTISEMENT


स्थानीय तहमा समन्वयको अभाव र वास्तविक भूकम्प पीडित प्राधिकरणको पहुँचमा पुग्न नसक्दा १ लाख १ हजार ५ सय २० जनाले अहिलेसम्म पहिलो किस्ता समेत पाउन नसकेका हुन् । राजनीतिक नियुक्तिको थलो बनेको प्राधिकरणमा कांग्रेसबाट २ जना र एमालेबाट १ जना नेतृत्वमा पुगिसकेका छन् ।


ADVERTISEMENT

# # #


विनासकारी भूकम्प गएको २ वर्ष ८ महिना पुगिसकेको छ । प्राधिकरण राजनीतिक नियुक्तिको थलो बन्दा पीडितहरु भने अझै पनि पहिलो अनुदानकै पर्खाईमा छन् । कांग्रेस सरकारले नियुक्त गरेका यसअघिका कार्यकारी प्रमुख गोविन्दराज पोखरेलले निर्वाचनमा लड्ने भन्दै प्राधिकरणको प्रमुख पदबाट राजिनामा दिएपछि सो पदमा कांग्रेसकै कोटाबाट पूर्वसचिव युवराज भुसाल आएका छन् ।

तर भूसालको कार्यकालमा पनि पीडितले अनुदान पाउन सकेका छैनन् । घर निर्माणका लागि अनुदान पाउन योग्य ७ लाख ६७ हजार ७ सय ५ जनामध्ये जम्मा १९ हजारले मात्रै अनुदानको तेस्रो किस्ता पाएका छन् । कतिपय भूकम्प पीडितले अनुदानको रकम पाएर पनि घर बनाएका छैनन् ।

त्यसको समेत प्राधिकरणले अनुगमन गर्न सकेको छैन ।