काठमाडौं-म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार १६ औं जित हात पारेको छ र यसका लागि उसले टोटनहमलाई ४–१ ले हरायो । सिटीको १८ खेलबाट ५२ अंक भएको छ ।


ADVERTISEMENT


त्यसमा रहिम स्टर्लिङले दुई गेल गरे । दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड छ र उसको ३८ अंक छ । यस्तै चेल्सीले साउथह्याम्पटन र आर्सनलले न्यूकासललाई समान १–० ले हरायो ।


ADVERTISEMENT

# # #


चेल्सी ३८ अंकमा तेस्रो र आर्सनल ३३ अंकमा चौथो स्थानमा छ । शनिबारका अरु खेलमा हडर्सफिल्डले वाटफोर्डलाई ४–१ र वेस्ट ह्यामले स्टोक सिटीलाई ३–० ले हरायो ।