काठमाडौँ– दुई विश्वसुन्दरीले आफुहरुको विवाह सम्पन्न भएको खुलासा गरेका छन् । पूर्वमिस अर्जेन्टिना र पूर्वमिस पुएर्तो रिकोले आफूहरुले गत २८ अक्टोबरमा विवाह गरेको खुलासा गरेका हुन् ।


ADVERTISEMENT


बुधबार बेलुका मारियाना भरेला र फाबिओला भ्यालेन्टिनले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे । उनीहरु सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र फाबिओलाले पुएर्तो रिकोको प्रतिनिधित्व गरेका यी दुई त्यसैबीच नजिकिएका थिए ।


ADVERTISEMENT

# # #


त्यसयता करिब डेढ वर्ष आफ्नो सम्बनधलाई गोप्य राखेका उनीहरुको विवाहको खबरसंगै फ्यानहरु चकित हुँदै उनीहरुलाई बधाई दिइरहेका छन् ।