काठमाडौं-मारेक ह्याम्सिकले डिएगो म्याराडोनाको किर्तिमान बराबरी गर्दै नापोलीको सर्वाधिक गोलकर्ता बनेका छन् ।उनको गोलको मद्दतले टोरिनोलाई पराजित गर्दै नापोली इटालियन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT


स्लोभाकियाका मिडफिल्डरले ड्राइस मार्टिनको पासमा क्लबका लागि ११५ औँ गोल गरे । यसअघि कालिडोउ काउलिबेली र पिओटर जेलिन्सकीले नापोलीलाई २–० को अग्रता दिलाएका थिए ।


ADVERTISEMENT

# # #


टोरिनोका स्ट्राइकर आन्द्रेया बेलाटीले खेलको दोस्रो हाफमा सान्तवना गोल गरे । इन्टर मिलान उडिनेसेसँग आफ्नै घरेलु मैदानमा ३–१ गोलले पराजित भएपछि नापोलीले लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

१७ खेलपछि नापोलीको ४२ अंक रहेको छ जुन इन्टरभन्दा २ अंकले अघि हो ।