काठमाडौं – नेपालका साना तथा मझौला उद्यमहरू एसएमइसलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने २० मा बीज  नामक क्याम्पेन  अन्तर्गतको कार्तिक महिनाको क्याम्पेन वर्ल्ड कप को थेम सहित कार्तिक १९ गते राती १२ बजे देखि २० गते सम्म लाइभ गर्ने भएको छ।


ADVERTISEMENT


सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेन  अन्तर्गतको WINTER READY HOME योजनामा ७४ प्रतिशत सम्म, वर्ल्ड कपको क्रेज  योजनामा ६४ प्रतिशत सम्म,  किप इट वार्म योजनामा ६३ प्रतिशत सम्म र वनर विउटी एसेन्टल्स योजनामा ३७ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्।


ADVERTISEMENT

# # #


साथै आज सामान अर्डर गर्ने सेवाग्राहीहरूका लागि कम्पनीले डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पनि प्रदान गरेको जनाएको छ।

यही कार्तिक २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ। २० मा बीजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन  प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै  ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।