काठमाडौं – विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभो, नेपालमा छोटो समय अवधिमै देशको लोकप्रिय स्मार्टफोन ब्राण्ड बनेको छ । आफ्नो ग्राहक–केन्द्रित दृष्टिकोणलाई पछ्याउदै, भिभो सधैं नवीन प्रविधिद्वारा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । उत्कृष्ट क्यामेरा क्षमता, तिव्र चार्ज हुने टेक्नोलोजी, अत्याधुनिक डिजाइन लगायतमा नवीन प्रविधिमार्फत भिभोले आकर्षक विशेवषताहरु प्रदान गर्दै आइरहेको छ । ब्रान्डको मुख्य फोकश भनेको ग्राहकको आवश्यकता वरिपरि केन्द्रित रहेर उनीहरूको लागि अझ उत्कृष्ट प्रविधिको विकास गर्न निरन्तर लागि पर्नु हो ।


ADVERTISEMENT


भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, “नेपालमा भिभोले छोटो समयमा यति धेरै उपलब्धि हासिल गरेको देख्दा खुशी लाग्छ । भिभोमा, हामी निरन्तर देशमा उत्कृष्ट प्रविधिहरू र अत्याधुनिक विशेषता भएका स्मार्टफोनहरू ल्याएर उपभोक्ताको मागहरू पूरा गर्दै आइरहेका छौं । भिभोले बेन्फेन (सही चीजहरू गर्ने र तिनीहरूलाई सही तरिकाले गर्ने) अवधारणामा विश्वास गर्दछ । यसैबाट निर्देशित भएर, हामी यहाँ हाम्रा ग्राहकहरू र साझेदारहरूसँग सुमधुर सम्बन्ध निर्माण गर्नुका साथै नेपालमा सेवाहरु प्रदान गर्न र विस्तार गर्न जारी राखेका छौं । हाम्रा ग्राहकहरू, च्यानल साझेदारहरू, वितरकहरू र खुद्रा विक्रेताहरूले हामीलाई दिनुभएको माया र निरन्तर सहयोगका लागि कृतज्ञ छौं ।”


ADVERTISEMENT

# # #


नेपालमा शुरुवातदेखि नै भिभोले ग्राहकको आवश्यकता र सन्तुष्टिमा विशेष ध्यान दिँदै आइरहेको छ । हाल भिभोको देशभर १०००+ रिटेल स्टोरहरू छन् । र, नेपालमा विभिन्न स्थानमा रहेका ४ वटा सर्भिस सेन्टरमार्फत भिभोले सहजै ग्राहकहरुको समस्या समाधान गर्दै आइरहेको छ । साथै, भिभोले आफ्ना उपभोक्ताहरूलाई थप सेवा तथा सुविधाहरु प्रदान गर्न प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे तथा अन्य विभिन्न पहलहरू संचालन गर्दै आइरहेको छ । “भिभो सर्भिस डे” का दिन ग्राहकहरूले फोन सफा गर्न, डिस्इफेक्टेन्ट, सिस्टम रिकभरी, सफ्टवेयर अपग्रेड, एक–घण्टा फ्ल्यास मर्मत, निशुल्क श्रम मर्मत र सुरक्षात्मक स्टिकरहरू सहित बिक्री पछिका सेवाहरूको निःशुल्क लाभ लिन सक्नेछन् ।

भिभोले आफुलाई अभिव्यक्त गर्न र फ्यानहरूलाई पनि त्यसमै उत्प्रेरित गर्न नेपालमा सँधै सक्रिय रूपमा अभियानहरू सञ्चालन गर्दै आएको छ । “भी आर गर्जियस” अभियानअन्तर्गत भिभोले प्रयोगकर्तालाई “सेयर योर गर्जियस स्टोरी” नामक प्रतियोगिता मार्फत आफ्नो रुपान्तरणको यात्रा शेयर गरेर अरुलाई पनि हौसला प्रदान गर्न उत्प्रेरित गरेको थियो ।

त्यसैगरी, “भिभोटाइन फोटोग्राफी प्रतियोगिता” मार्फत, ब्रान्डले फ्यानहरूलाई आफुलाई विशेष लाग्ने तस्वीर क्लिक गरेर फोटोग्राफीको सृजनात्मक प्रतिभालाई बाहिर निकाल्ने प्लेटफर्म दिएको थियो ।

नेपाली प्रयोगकर्ताप्रति कृतज्ञता प्रकट गर्न भिभोले दशैं अभियान लगायत चाडपर्व अफर र अन्य अभियानहरुमार्फत धेरै अफर र छुटहरू पनि प्रदान गर्दै आइरहेको छ । भिभोले एकतामा विश्वास गर्छ र हरेक दिनलाई उत्सवको रुपमा लिन्छ । साथै, चाडपर्वहरूमा विशेष अफरहरू मार्फत, भिभोले मानिसहरूलाई सबैमा खुशी र प्रेम फैलाउन प्रोत्साहित गर्दछ ।

भिभो नवीनता र प्रविधिमा विश्वास गर्ने ब्रान्ड हो जसले प्रत्यक्ष रूपमा जीवनशैली र जीवन जिउने तरिकालाई सुर्धान मद्दत गर्दछ । यसलाई सुनिश्चित गर्दै, भिभोले सबैका आवश्यकताहरू पूरा गर्न विभिन्न प्रकारका नवीन र अत्याधुनिक उत्पादनहरू प्रदान गर्दछ । वाई शृङ्खलाका स्मार्टफोनहरू युवा श्रोताहरूका लागि शक्तिशाली प्रदर्शन, उच्च गुणस्तरको क्यामेरा र ब्याट्रीका साथ तिनीहरूको हरेक आवश्यकता पूरा गर्न र तिनीहरूको जीवन शैलीलाई समर्थन गर्न डिजाइन गरिएको हो । अर्कोतर्फ, भी सिरिजले नयाँ क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन, र प्रचलित डिजाइनका साथ सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई फेसनशील रहन र फोनलाई आफ्नो स्टाइलसंग म्याच गर्न सक्षम बनाउँछ । भी सिरिजले भी२३ र भी२५ सिरिजमा रंग परिवर्तन हुने ग्लास टेक्नोलोजी ल्याएको छ जसले प्रयोगकर्ताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रयोगकर्ताहरूलाई उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्नुका साथै भिभोले नेपालका आफ्ना कर्मचारीहरूलाई समानान्तर रूपमा प्राथमिकतामा राखेको छ । भिभोमा विभिन्न –एफएमसीजी, आतिथ्यता, इलेक्ट्रोनिक्सलगायत विभिन्न उद्योगको अनुभव बटुलेका ५० भन्दा बढी स्थानीय कर्मचारीहरू छन् । भिभोले कार्यस्थलमा सिकाइ वातावरणको महत्व र आवश्यकतालाई बुझेको छ जसले कर्मचारीहरूको कामप्रति सन्तुष्टि सुनिश्चित गर्दै भिभोसँगै आफुलाई वृद्धि गर्न सक्षम बनाउँछ । भिभोका कर्मचारीहरूलाई निरन्तर नवीनतामा प्रोत्साहित गरिन्छ र उनीहरूको क्यारियर विकासका लागि आवश्यक स्थान र स्रोतहरू प्रदान गरिन्छ ।

भिभोले नेपालमा उत्कृष्ट स्मार्टफोन अनुभवहरू प्रदान गर्न आफ्नो नवप्रवर्तन–नेतृत्वको दृष्टिकोणबाट अवसरहरू पहिचान गरी चुनौतीहरू पार गर्दै अगाडि बढ्ने आशा राखेको छ । नेपाली प्रयोगकर्ताहरुले देखाएको निरन्तर माया र समर्थनका कारण आज भिभो देशकै लोकप्रिय स्मार्टफोन ब्रान्ड बनेको छ ।