काठमाडौं – निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि २०७४ भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता २०७४ मंसिर २७ गतेबाट लागू नरहने निर्णय गरेको छ ।


ADVERTISEMENT


आयोगको मंसिर २६ गते बसेको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको कार्य सम्पन्न भएकाले निर्वाचन आचारसंहिता लागू नरहने निर्णय गरेको हो । निर्वाचन आचारसंहिता, २०७२ को दफा १ को उपदफा ९२० मा ‘यो आचारसंहिता आयोगले तोकेको निकायलाई तोकेको अवधिभर लागू हुने’ उल्लेख छ ।


ADVERTISEMENT

# # #


आयोगले २०७४ भदौ १४ मा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह, स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्ध सरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत् निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

यसैगरी, आयोगले उम्मेदवारको हकमा मनोनयन दर्ता गराएको मितिदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको थियो ।