काठमाडौँ – पाकिस्तान अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक टी–२० विश्वकपको फाइनल पुगेको हो ।


ADVERTISEMENT


अष्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको न्यूजिल्याण्डले निर्धातिर २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


पाकिस्तानको जितका लागि कप्तान बाबर अजाम र मोहम्मद रिजवानले शानदार ओपनिङ गरे । रिजवानसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका कप्तान बाबरले ४२ बलमा ७ चौकासहित ५३ रन बनाए । यस्तै रिजवानले ४३ बलमा ५ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै मोहम्मद ह्यारिस ३० रनमा आउट भए ।

बलिङतर्फ न्यूजिल्याण्डका टेन्ट बोल्टले २ तथा मिचेल स्न्याटरले १ विकेट हात पारे ।

यसअघि न्यूजिल्याण्डका लागि ड्यारल मिचेलले सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै कप्तान केन विलियम्सनले ४६ र डेभोन कन्वेले २१ तथा जेम्स नीशमले १६ रनको योगदान दिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ र मोहम्मद नवाजले १ विकेट हात पारे ।

पाकिस्तानले अब उपाधीका लागि दोस्रो सेमिफाइनलको विजेतासँग भिड्नेछ । दोस्रो सेमिफाइनल भोलि भारत र इंग्ल्याण्डबीच हुँदैछ ।