काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मानुषी भट्टराई यमीले काठमाडौँ उपत्यकालाई हरित अर्थतन्त्रको अवधारणामा विकास गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आज पत्रकारसँगको अन्तक्रियामा उनले आफू निर्वाचित भए काठमाडौँको मौलिकता जोगाउँदै विकासका योजना तयार गर्ने बताए । हाल देखिएको खानेपानीको सङ्कट समाधान गर्दै पानी पुनःभरण (वाटर रिसाइकल) गर्ने परम्परागत प्रणालीलाई अपनाउने उनको प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


आदिवासी जनजातिको हक अधिकार स्थापित गर्नका लागि आफूले संसदमा आवाज उठाउने भन्दै उनलेआफ्नो थातथलोबाट बिस्तापित नेवार समूदायलाई आवासको अधिकार दिलाउने दाबी गरे।

काठमाडौँ क्षेत्र नं. ७ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार वसन्त प्रसाद मानन्धरले आदिवासी जनजातिको मातृभाषालाई बागमती प्रदेशभित्र संस्थागत गर्ने बताए ।

उनले विगतमा पनि यसका लागि आफूले पहल कदमी लिँदै आएको भन्दै नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको प्रशासनिक भाषा बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।