काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा) संयोजक डा. बाबुराम भट्टराईले गठबन्धन संविधान समाप्त गर्न अघि बढेका विरुद्वको लडाई रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाइ मत माग्ने क्रममा प्रतिक्रिया दिँदै भट्टराईले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


‘संविधान नै समाप्त पार्ने शक्तिविरुद्ध गठबन्धन अघि बढकाले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिनुहोस्,’ उनले भने । यसपटकको निर्वाचन प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ भएको जनाउँदै उनले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुने बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै कांग्रेस नेता सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गर्नुभयो । उहाले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महशुस हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संविधानलाई रक्षा गर्दै प्राप्त उपलब्धिहरुको रक्षा र संस्थागत गर्दै विकास निर्माणलाई अगाडि बढाउन गठबन्धन अघि बढ्ने उनको भनाई छ ।