काठमाडौं – समृद्धि फाईनान्सले २१औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।  फाईनान्सले  २१औं वार्षिकोत्सव आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरी सम्पन्न गरेको हो ।


ADVERTISEMENT


शुक्रबार नेपाल हाउस रेष्टुरेण्टमा  संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा  समृद्धिले  लोभ लाग्दो ब्याज खातासमेत सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


२१औं वार्षिकोत्सवको अवसरमा लोभलाग्दो ब्याज खातामा उत्कृष्ठ ४ वटा खाताहरु सार्वजनिक गरिएको थियो । लोभलाग्दो ब्याज खातामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, ३ महिने मुद्दती निक्षेपमा १३.२० प्रतिशत रहेको खाता, कल खातामा ४.५ प्रतिशत ब्याज रहेको खाता र समृद्धि डबल धमाका, तेब्बर धमाका , पाँच गुणा र आठ गुणाको मुद्दतिखाताहरु भएको लोभलाग्दो ब्याज खाता योजना सार्वजनिक भएको थियो ।

कार्यक्रममा समृद्धिले १० वर्षभन्दा पुराना ४ जना कर्मचारीहरुलाई दीर्घसेवा पदक सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ ।

यसैगरी कार्यक्रममा सबै शाखाहरुको कर्मचारीहरुलाई दिएको लक्ष्य पुरा गर्ने १३ जना कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मानसमेत गरिएको संस्थाका कायम मुकायम मुख्य व्यवसाय प्रवर्धन अधिकृत सुरज कुमार सर्राफले जानकरी दिए ।

उनले  संस्थाका सबै शाखाको ऋणीहरु मध्ये १० जना उत्कृष्ठ ऋणीहरुलाई सबै शाखाहरुमा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको पनि जानकारी दिए ।

समृद्धिले  वार्षिकोत्सवको अवसरमा ‘समृद्धि फाईनान्स नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२’ को मुख्य प्रायोजनसमेत गरेको थियो ।  उक्त कार्यक्रम कार्तिक १९ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको हो ।