काठमाडौं-अमेरिकी गुप्तचर निकायले दिएको पूर्वसूचनाका कारण रुस आतंकवादी आक्रमणबाट जोगिएको छ । रुसको सेन्ट पिटर्सवर्गको प्रमुख गिर्जाघरमा हमलाको योजना बनेको सूचना अमेरिकी गुप्तचर निकाय सीआईएले दिएको र शनिबार गराउन लागिएको आक्रमण विफल पारिएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।


ADVERTISEMENT


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेलिफोन गरी सीआईएले गरेको सहयोगप्रति धन्यवादसमेत दिएका छन् ।


ADVERTISEMENT

# # #


रुसको सुरक्षा सेवा एफएसबीले भनेको छ इस्लामिक स्टेट समूहका सात जनालाई हिरासतमा लिइएको छ र उनीहरुको साथबाट विस्फोटक पदार्थ, हतियार लगायतका सामग्री बरामद भएको छ ।

यसै समूहले शनिबार आत्मघाती हमला गरी नागरिकको हत्या गर्ने योजना बनाएको थियो ।