काठमाडौं-नुवाकोटको शिवपुरी —६ समुन्द्रादेवीमा एक युवकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।


ADVERTISEMENT


स्थानीय युवाको समुहले करेन्ट जोडेर लिखु खोलामा माछा मार्ने क्रममा करेन्ट सर्ट भई २० बर्षका वीरबहादुर तामाङको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


माछा मार्नसँगै रहेका साथीले उनको शव नजिकैको परालको कुन्हुँमा लुकाएका थिए ।

घटनामा संलग्न युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।