काठमाडौं-पाल्पामा तीन दिनअघि पहिरोले बगाएको स्काभेटर र सोही पहिरोमा पुरिएका सहचालक बझाङ्, थलारा, ३ का २१ वर्षिय सुनिलकुमार सिंहको शव फेला परेको छ ।


ADVERTISEMENT


ढुंगासहितको धुले पहिरोले कालीगण्डकी करिडोर सडकको राम्दी–रानीमहल खण्डको यम्घा मन्द्रान नजिकै स्काभेटरसहित सहचालक सिंह वेपत्ता भएका थिए ।


ADVERTISEMENT

# # #


करिडोरको ट्रयाक खोल्ने र सडक चौडा गर्ने काम गर्दागर्दै स्काभेटर र सहचालक सिंहलाई धुले पहिरोले बगाएको थियो ।

ढुंगा, माटो सहितको धुले पहिरोले स्काभेटरलाई भीरको बीचमा अड्काएको कालीगण्डकी करिडोर सडकका सूचना अधिकारी यादवप्रकाश लामिछानेले बताए ।