काठमाडौं-राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै सरकारी गाडीको टायर चोरी हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मी बेखबर भएको रहस्य खुलेको छ । डीएसपीको कमान्डमा सिंहदरबारभित्र छुट्टै प्रहरी कार्यालय छ ।


ADVERTISEMENT


संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको बा २ झ २९२७ नम्बरको टोयोटा हाइलक्स गाडीको चारवटै चक्का चोरी भएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले टायर चोरीमा संलग्न मन्त्रालयकै वित्तीय सुधार आयोगको बा २ झ १२१७ नम्बरका सवारी चालक चन्द्रबहादुर मोक्तान र महोत्तरी बर्दिवास घर भई हाल ललितपुर बस्ने जगतबहादुर मगरलाई पक्राउ गरेको छ ।

चक्का चोरी भएको हाइलक्सका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार पार्किङ गरेर छोडेको गाडीका चक्का चोरी भएको थाहा पाएपछि आइतबार प्रहरीमा खबर गरेका थिए ।

सिंहदरबारको सम्पूर्ण सुरक्षा नेपाली सेनाले हेर्दै आएको छ । प्रहरीले चोरी भएको टायर ललितपुरको युएनपार्कनजिकै बाराही टायर सर्भिस सेन्टरबाट बरामद गरेको छ । मोक्तान र मगरले टायर चोरी गरी त्यहाँ पुर्‍याएका थिए ।

मोक्तान उक्त सर्भिस सेन्टरका कर्मचारी हुन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी अपिल बोहराका अनुसार टायर चोरीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान भईरहेको छ ।