काठमाडौं-इंग्लिस प्रिमियर लिगको आइतबार भएका खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले अपेक्षा अनुसार जित हात पार्न सफल भएको छ । म्यानचेस्टरले वेस्ट ब्रुमलाई २–१ ले हरायो ।


ADVERTISEMENT


यो सफलतापछि म्यानचेस्टरको ४१ अंक भएको छ र दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटी ५२ अंकमा शीर्ष स्थानमा छ । लिभरपुलले भने बर्नमाउथलाई ४–० ले पन्छायो ।


ADVERTISEMENT

# # #


लिभरपुल यो जितपछि ३४ अंकसहित चौथो स्थानमा उक्लिन सफल भएको छ । चेल्सी ३८ अंकमा तेस्रोमा छ । लिभरपुलको पछाडि आर्सनल रहेको छ ।-आजको कान्तिपुरबाट